Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से ९.०४ अंकले घट्यो

२०७७ मंसिर २३ गते

बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक ९.०४ अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक ९.०४ अंकले घटेर १ हजार ९९५.२९ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.५९ अंकले घटेर ३८०.१८ मा पुगेको छ । आज कूल २०२ सय वटा कम्पनीको १ करोड २४ लाख ९० हजार ५६५ कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ६७ करोड ७ लाख ३९ हजार ९५८ रुपैयाँको कारोबार गरेको छ । सोमबार नेप्सेमा २०६ सय वटा कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँको कारोबार भएको थियो । आज नेप्से कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये २ समूहको परिसूचक बढेको छ भने बाँकी १० समूहको परिसूचक घटेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज नेपाल निर्जिवन बीमा कम्पनीले ४५ करोड ८१ करोबार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ३० करोड ७८ल लाखको कारोबार गरेको छन् ।

Ad