सेयर बजारमा आएको ‘अस्वभाविक गिरावट’मा नियोजित भूमिका खेलेको आरोप लागेपछि नेपाल धितोपत्र बोर्डले सोमबार लगानीकर्ताहरुलाई बोलाएर छलफल गरेको छ । जावलाखेलस्थित बोर्डको कार्यालयमा विभिन्न लगानीकताहरुलाई बोलाएर बोर्डले बजार आरोलो लाग्नुमा आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पारेको छ ।
छलफलका क्रममा दुवै तर्फका प्रतिनिधिहरुबीच चर्काचर्की समेत भएको थियो । लगानीकर्ताहरुले भने बोर्डका पदाधिकारीहरुसंग बजार नियामक भएर लगानीका लागि सुझाव दिँदै हिँडेको भन्दै आक्रोस पोखेका थिए । बैठकमा बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बोर्डलाई दोष लगाएर ब्रोकरहरुले चलखेल गरिरहेको आरोप लगाए ।
बोर्डका अध्यक्ष कार्कीले बजार गिरावटको दोष ब्रोकरहरुलाई लगाएपछि लगानीकर्ताहरुले त्यसबारे विज्ञप्ति निकालेर खण्डन गर्न माग गरेका थिए । त्यसपछि अध्यक्ष कार्कीले (मंगलबार) भोलि विज्ञप्ति निकाल्ने आश्वासन दिएको छलफलपछि लगानीकर्ताहरुको छाता संगठन इन्भेष्टर फोरमका महासचिव बच्चुराम रिमाले जानकारी दिए ।
यसअघि बोर्डले (सोमबारै)आजै अपराह्न सेयर घटाउन वा बढाउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्दै विज्ञप्ति निकालेको थियो ।