
बैंकिङ खबर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ७२.२८ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक ७२.२८ अंकले बढेर २ हजार ८.३९ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १२.१० अंकले बढेर ३८२.७७ मा पुगेको छ । आज कूल २०६ सय वटा कम्पनीको १ करोड १९ लाख २० हजार ८१९ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ६६ करोड ७९ लाख ५६ हजार ८३१ रुपैयाँको कारोबार गरेको छ । आइतबार भने सेयर बजार ओरालो लागेर ४ घण्टा नपुग्दै बन्द भएको थियो । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये १२ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल निर्जिवन बीमा कम्पनी रहेको छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । आज नेपाल निर्जिवन बीमा कम्पनीले १ अर्व ४ करोबार र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४७ करोडको कारोबार गरेको धेरै कारोबार गरेको छ ।

