
बैंकिङ खबर । दुई कम्पनीले आगामी साता आईपीओ निष्कासन गर्ने भएका छन् । प्रभू लाइफ इन्स्योरेन्स र चन्द्रागिरी हिल्स कम्पनीले ७५ करोड रुपैयाँ बराबरको ७५ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएका हुन् । आईपीओ निष्कासनका लागि चन्द्रागिरी हिल्स कम्पनीले कार्तिक २८ गते र प्रभू लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर ११ गते नियामक निकाय धितोपत्र बोर्डकबाट अनुमति पाएका थिय । कार्तिक २८ गते आईपीओ निष्कासनको अनुमति पाएको चन्द्राहिरी हिल्स कम्पनीले दुई चरणमा निष्कासन गर्ने भएको हो । जस अन्तर्गत पहिलो चरणमा कम्पनीले स्थानिय आयोजना प्रभावितको लागि मंसिर १७ गतेबाट ३ लाख ६ हजार कित्ता सेयरको लागि आवेदन खुल्ला गरेको छ । भने, दोस्रो चरणमा सर्वसाधारणको लागि १५ लाख ३६ हजार कित्ता बिक्री गर्नेछ । कम्पनीले निष्कासन गर्ने दोस्रो चरण आवेदन पुसमा खुल्ला गर्नेछ । त्यस्तै, प्रभू लाइफ इन्स्योरेन्स कम्पनीले मंसिर २० गते (सनिबार) आह्वान पत्र जारी गर्दै ६० लाख कित्ता आईपीओको आवेदन मंसिर २९ गतेदेखि खूल्ला गर्दैछ ।
प्रभु लाइफ इन्स्योरेन्स
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा मंसिर २९ गते (सोमबार)देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले १०० अंकित दरमा ६० करोड बराबरको ६० लाख कित्ता आईपीओको आवेदन खुल्ला गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । बिक्री प्रबन्धकका अनुसार इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा मंसिर २९ गते सोमबारदेखि आवेद दिन सक्नेछन् ।
चन्द्रागिरी हिल्स कम्पनी
यतिबेला चन्द्रागिरी हिल्स कम्पनीले स्थानिय आयोजना प्रभावितको लागि ३ लाख ६ हजार कित्ताको आवेदन खुल्ला गरेको छ । कम्पनीले खुल्ला गरेको आईपीओमा स्थानियले छिटोमा पुस १ गते सम्ममा आवेदन दिइसक्नुपर्नेछ् । यदी १ गतेसम्म निष्कासीत आईपीओमा आवेदन परेन भने कम्पनीले पुस १६ गतेसम्म आवेदनको समय लब्बाउने आह्वान पत्रमा उल्लेख छ । बिक्री प्रबन्धकका अनुसार कम्पनीले पहिलो चरणमा निष्कासन गरेको आइपीओमा आवेदन परेपछि दोस्रो चरणको आईपीओको लागि आह्वान पत्र जारी गरी दोस्रो चरणको मिति गर्नेछौ । ‘पुस १ गतेसम्म निष्कासित पहिलो चरणको आईपिओमा आवेदन पर्यो भने पुस २ गतेदेखि दोस्रो चरणको लागि आवेदन खोल्ने योजना छ । यदी पहिलो चरणको आवेदनमा ढिलाई भएको खण्डमा पुस १६ पछाडि दोस्रो चरणको आवेदन खुल्ला गर्ने योजना छ ।’ कम्पनीले दोस्रो चरणमा १५ लाख ३४ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ ।