
बैंकिङ खबर । लगानीकर्ता तथा संगठनका प्रतिनिधिहरु आज मंसिर १९ गते (शुक्रबार) ब्रोकर कमिशन घटाउन माग गर्दै नियनमक निकाय नेपाल धितोपत्र बोर्ड पुगेका हुन् । ब्रोकर कमिशन घटाउनु पर्ने माग राख्दै बोर्ड पुगेका लगानीकर्ता तथा संगठनका प्रतिनिधिहरुले बोर्डमा ज्ञापन पत्र बुझाएका छन्। ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गरी लगानीकर्ताहरुको लगानीको लागत कम गराउँदै नेपालको पूँजीबजारमा भित्रिने नयाँ युवा पुस्तालाई यस क्षेत्रमा आउन प्रेरित गर्नुपर्ने लगानीकर्ताहरुले बताएका छन्। ब्रोकर कमिशन कायम गर्ने कार्य शिघ्र कार्यान्वयनमा ल्याउन लगानीकर्ताहरुले अनुरोध गरेका छन्।

