
बैंकिङ खबर । यो साता नेप्से २ हजार ५५ दसमलव ४५ विन्दुमा पुगेको छ । नेप्सेले यो साता नयाँ रेकर्ड कायम गरेको हो । साताभर नेप्सेमा करिब ४० अर्ब बढिको कारोबार भएको छ भने इन्डेक्स करिब २१ सय विन्दु नजिक पुगेको छ । यो साता कुल २०१ वटा कम्पनीहरुको ९ करोड ९८ लाख कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ४० अर्ब ८७ करोड बढि पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा निकै बढी हो । गत साता अन्तिम कारोबार दिन नेप्सेमा २०१ वटा कम्पनीहरुको एक करोड ७१ लाख ८८ हजार कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ७ अर्ब ६१ करोड ३० लाख रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच कार्य दिन नै खुलेकोमा पहिलो, दोस्रो, तेस्रो र चौथो दिन बढेको थियो भने पाँचौं दिन घटेको छ ।
सो मध्ये पहिलो दिन आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ अंक बढेर १९६८.२७ विन्दुमा पुगेकोमा सेन्सेटिभ परिसूचक १८.७३अंकले बढेर ३८३.९३ मा पुग्दा कूल २०० वटा कम्पनीको २ करोड ५८ लाख ९१ हजार ३५८ कित्ता शेयर खरिदबिक्री गर्दा ९ अर्ब १९ करोड ९० लाख ८७ हजार ८६८ रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, दोस्रो दिन भने सोमबार नेप्से परिसूचक २८ दशमलव ७९ अंक बढेर १९९७.०५ विन्दुमा पुगेकोमा सेन्सेटिभ परिसूचक १.६३अंकले बढेर ३८५.५६ मा पुग्दा कूल १९८ वटा कम्पनीको २ करोड ५१ लाख १९ हजार ३१९ कित्ता शेयर खरिदबिक्री गर्दा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँको कारोबार भएको थियो ।
तेस्रो दिन मंगलबार भने नेप्से परिसूचक ३ दशमलव ३५ अंक बढेर २ हजार ४० विन्दुमा पुगेकोमा सेन्सेटिभ परिसूचक १.७७ अंकले घटेर ३८३.७९ मा पुग्दा कूल १९७ वटा कम्पनीको १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर खरिदबिक्री गर्दा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको कारोबार भएको थियो । त्यस्तै, चौथो दिन बुधबार नेप्से परिसूचक ७० दशमलव ६२ अंकले बढेर २ हजार ७१.०२ विन्दुमा पुगेकोमा सेन्सेटिभ परिसूचक १२.२५ अंकले बढेर ३९६.०४ मा पुग्दा कूल २०१ वटा कम्पनीको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर खरिदबिक्री गर्दा ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँको कारोबार भएको थियो ।
अन्तिम कारोवार दिन बिहीबार नेप्से परिसूचक १५.५७ अंकले घटेर २ हजार ५५.४५विन्दुमा पुगेकोमा सेन्सेटिभ परिसूचक ३.७६ अंकले घटेर ३९२.२९ मा पुग्दा कूल २०० सय वटा कम्पनीको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर खरिदबिक्री गर्दा ८ अर्ब २ करोड ६० लाख २३ हजार ७९८ रुपैयाँको कारोबार पुगेको छ ।
यो साता नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम, नेपाल लाइफ इन्स्योरेन्स लगायतका कम्पनीहरुको बढी रकम कारोवार भएको छ भने सेयर कारोवार भएको संख्याको आधारमा पनि यिनै कम्पनीहरुको बर्चश्व रहेको छ । सेयर सुचीकरण तर्फ भने यो साता विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस सेयर, फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।