
बैंकिङ खबर । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ७० दशमलव ६२ अंकले उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ७० दशमलव ६२ अंकले बढेर २ हजार ७१.०२ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १२.२५ अंकले घटेर ३९६.०४ मा पुगेको छ । आज कूल २०१ वटा कम्पनीको १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँको कारोबार गरेको छ । मंगलबार नेप्सेमा कारोबार गरेका कूल १९७ वटा कम्पनीले १ करोड ८५ लाख ७६ हजार ७०८ कित्ता शेयर खरिदबिक्री गर्दा ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँको कारोबार भएको थियो । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये १ समूहको परिसूचक घटेको छ भने बाँकी ११ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ भने दोस्रोमा नेपाल लाइफ इन्स्योरेन्सले धेरै कारोबार भएको छ। नेपाल टेलिकमले ४० करोड ७ लाख रुपैयाँको कारोबार गरेको छ । त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३० लाख बढिको कारोबार गरेको छ ।

