Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

न्यादी हाइड्रोपावर ४० लाख कित्ता आइपिओ निष्कासनको अनुमति माग्दै पुग्यो बोर्डमा

२०७७ मंसिर १७ गते

 

बैंकिङ खबर । न्यादि हाइड्रोपावर आइपिओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डका गएको छ । हाइड्रोपावर मंसिर ८ गते बुधबार ४० लाख ५० हजार कित्ता आइपिओ निष्कासनको अनुमति माग्र्दै बोर्डमा गएको हो । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि जारी पूँजीको २७ प्रतिशत ४० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति माग गरेको छ ।कम्पनीले निष्कासन गर्ने आइपिओ मध्ये १० प्रतिशतले हुन आउने १५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका नागरिकलाई र २ प्रतिशतले हुने ३ लाख कित्ता शेयर संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरुलाई निष्काशन गर्नेछ । त्यस मध्ये बाँकी १५ प्रतिशत अर्थात २२ करोड ५० लाख रकम बराबरको २२ लाख ५० हजार कित्ता शेयर मध्ये ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ४५ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीलाई छुट्टाएको छ ।त्यसमा बाँकि रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणलाई निष्काशन हुनेछ । कम्पनीले शेयर निष्काशन तथा बिक्रीकर्ता ग्लोवल आइएमई क्यापिटल रहेको छ ।

Ad