
बैंकिङ खबर । मंगबार तीन कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । जसमा नेपाल बंगलादेश बैंक, चिलिमे हाइड्रो र सानिमा माई हाइड्रोपावर कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको हुन् । नेपाल बंगलादेश बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । त्यस्तै, चिलिमे हाइड्रो र सानिमा माई हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।

नेपाल बंगलादेश बैंकले ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद लाभांश गरि कुल ८.४२ लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांस पाउनेछन् । त्यस्तै, चिलिमे जलविद्युत कम्पनी हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश र सानिमा माई हाइड्रो कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेका छन् । हाइड्रोपावर कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश पाउनेछन् ।

