
बैंकिङ खबर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २८ दशमलव ७९ अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसूचक २८ दशमलव ७९ अंक बढेर १९९७.०५ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १.६३अंकले बढेर ३८५.५६ मा पुगेको छ । आज कूल १९८ वटा कम्पनीको २ करोड ५१ लाख १९ हजार ३१९ कित्ता शेयर खरिदबिक्री हुँदा ८ अर्ब ८६ करोड ७७ लाख १४ हजार ६८२ रुपैयाँको कारोबार गरेको छ । आइतबार कूल २०० वटा कम्पनीको २ करोड ५८ लाख ९१ हजार ३५८ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब १९ करोड ९० लाख ८७ हजार ८६८ रुपैयाँको कारोबार भएको थियो। आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सले आज ३८ करोड ४८ लाख रुपैयाँको कारोबार गरेको छ ।

