
बैंकिङ खबर । चन्द्रागिरी हिल्सले दुई चरणमा प्राथमिक शेयर ‘आईपीओ’ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा मंसिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ‘आईपीओ’ निष्काशन गर्ने भएको हो । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्ने भएको हो । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नंम्बर ३, ४, ६ र ७ साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं ३, ४, ५, ६, ७, ८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० (साविकको चित्लाङ्ग गाविसको सबै वडाहरु) र इन्द्रसरोवर गाउँपालिका वडा नं ५ ९साविक फाखेल गाविसका सम्पूर्ण वडाहरु० का स्थानियले मात्रै यस चरणमा आवेदन दिन पाउनेछन् ।इच्छुक आवेदकले न्युनतम १० कित्ता देखि अधिकतम ३ हजार ६० कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
चन्द्रागिरी हिल्सले दोस्रो चरणमा सर्वसाधारणको लागि पुस १ गतेदेखि आइपिओ निष्कासन गर्ने
चन्द्रागिरी हिल्स कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले सो आइपिओ पुस १ गतेदेखि बिक्री खुल्ला गर्नेछ । कम्पनीले दोस्रो चरणमा १५ लाख ३४ हजार कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डबाट कार्तिक २८ गते अनुमति पाएको थियो । जसमध्येको कम्पनीले १५ लाख ३४ हजार कित्ता सेयर दोस्रो चरणमा बिक्री गर्ने भएको हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि ३ लाख ६ हजार ८१९ कित्ता शेयर निष्काशन गर्न लागेका हो । दोस्रो चरणमा सर्वसाधारणको लागि बाकिँ सेयर निष्कासन गर्ने विक्री प्रबन्धक ग्लोबल क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार पहिलो चरणको आइपिओ बिक्री पश्चात दोस्रो चरणमा सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्ने तयारी छ ।