Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

६० लाख कित्ता ‘आइपिओ’ निष्कासनको अनुमति पाएको प्रभु लाइफ इन्स्योरेन्स कस्तो ?

२०७७ मंसिर १४ गते

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर ‘आइपिओ’ निष्कासनको लागि नियनमक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले मंसिर ११ गते आइपिओ निष्कासनको लागि बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई ६० लाख कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्स बित्तीय विवरण

आर्थिक वर्ष २०७७/८८को पहिलो त्रैमासमा इन्स्योरेन्स कम्पनीको नाफा ३७ दशमलव ३४ प्रतिशतले बढेर ५ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ४ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । पहिलो त्रैमासको अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ३१ दशमलव २० प्रतिशतले बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले १६ करोड ९८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै, गत आर्थिक वर्षमा ५८ करोड ६१ लाख ९७ हजार रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा यस वर्ष ७० करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीले ९ करोड ३९ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम १३ करोड ३३ लाख ६ हजार रुपैयाँ छ । कम्पनीको हालको प्रतिशेयर आम्दानी ५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ रहेको छ ।

Ad