
बैंकिङ खबर । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ७५ दशमलव ०२ अंकले उकालो लागेको छ । आइतबार नेप्से परिसूचक ७५ दशमलव ०२ अंक बढेर १९६८.२७ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १८.७३अंकले बढेर ३८३.९३ मा पुगेको छ । आइतबार कूल २०० वटा कम्पनीको २ करोड ५८ लाख ९१ हजार ३५८ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब १९ करोड ९० लाख ८७ हजार ८६८ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ४ समूहको परिसूचक घटेको छ भने बाँकी ८ समूहको परिसूचक बढेको छ ।

