
बैंकिङ खबर । साताको पहिलो कारोबार दिन आइतबार बजार खुलेको दुई घण्टा २० मिनेटमा करिब ६ अर्बको शेयर कारोबार भएको छ। साडे १ बजेसम्ममा १९२ वटा कम्पनीको १ करोड ५१ लाख कित्ता शेयर ५ अर्ब ९० करोड रुपैयाँमा खरिद बिक्री भएको छ। पछिल्लो समय दैनिक कारोबार रकम बढ्दै गएको छ। यसले लगानीकर्ताहरु शेयरबजारप्रति आकर्षित छन भन्ने देखाउछ। यस दिन सबैभन्दा धेरै कारोबार हुनेमा नेपाल पुनर्बीमा कम्पनी रहेको छ भने वाणिज्य बैंकहरुको पनि धेरै कारोबार भएको छ। बजार खुलेको २ घण्टामा नै नेप्से सूचक १२.४३ प्रतिशत अर्थात ५०.२४ अंकले बढेर १९४३.४८ विन्दुमा पुगेको छ।