November 29th, 2020

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका !

बैंकिङ खबर । आज मंसिर १४ गते (आइतबार) तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कुमारी बैंक, रिडी हाइड्रोपावर र साल्ट ट्रेडिङ्गले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मंसिर १५ गते बुकक्लोज गर्दैछ। कुमारी बैंकले गत आर्थिक वर्षको कमाइबाट हाल कायम चुक्ता पूँजीको ३.१५ प्रतिशत नगद लाभांश तथा १०.८५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित गर्न मंसिर २९ गते साधारण सभा डाकेको छ। त्यसैगरी, रिडी हाइड्रोपावरले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चितिबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस तथा सोको कर प्रयोजर्ना ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न मंसिर २६ गते साधारण सभा बोलाएको छ। त्यस्तै, साल्ट ट्रेडिङ्गले २५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव सहित मंसिर ३० गते साधारण सभा डाकेको छ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]