
बैंकिङ खबर । मंसिर १४ गते आइतबारबाट एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेका ४ वटा कम्पनीको ६ लाख ६० हजार ७५० कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको छ । जसमध्ये यसअघि आवेदन खुला गर्दा बिक्री नभएका ३ कम्पनीको सेयर पुनः लिलामी गर्न लागिएको हो । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सूर्या लाइफ इन्सुरेन्सको १ लाख ९२ हजार ९९४ र एसियन लाइफ इन्सुेन्सको १ लाख ३९ हजार ४७० कित्ता र नेसनल लाइफ इन्सुरेन्सको १ लाख २५ हजार ७२६ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा मंसिर १९ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । यसअघि लिलामीमा ल्याउँदा सूर्या लाइफ र एसियन लाइफको सेयरमा अंशिक मात्र आवेदन परेको थियो । यस्तै, नागरिक लगानी कोषमा परेको सम्पूर्ण आवेदन रद्द भएकाले पुनः लिलामीमा ल्याइएको बैंकले जनाएको छ । चार वटै कम्पनीको लिलामी आवेदन एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।