November 28th, 2020

यी हुन् चाडैं ‘आइपिओ’ निष्कासनको अनुमति माग्दै बोर्डमा जान लागेका ४ कम्पनी ?

बैंकिङ खबर । पछिल्लो समय आइपिओ निष्कासनको लहर चलिरहेको छ । साउनदेखि कार्तिक अन्तिम सम्ममा आइपिओ निष्कासन गर्ने लगभग सबै कम्पनीको सेयरमा माग भन्दा धेरै आवेदन परे । माग भन्दा निकै धेरै गुणा बढि आवेदन परिरहँदा आम सर्वसाधारण सेयरमा लगानी गर्न निकै आकर्षित देखिएको आकलन गर्न सकिन्छ । आम सर्वसाधारणको सेयर लगानीमा देखिएको उल्लेख्य सहभागितालाई मध्यनजर गर्दै ४ कम्पनी आइपिओ निष्कासन गर्ने भएका छन् । ग्रिन भन्चर्स, ज्योति लाइफ इन्स्योरेन्स, पिपुल्स पावर कम्पनी र साहस उर्जा कम्पनी आइपिओ निष्कासनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्ड जान लागेका हुन् । त्यस्तै, महिला लघुवित्त भने मंसिर ३ गते ४० करोड रुपियाँ बराबरको ४० लाख कित्ता आइपिओ नियकासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ । ग्रीन भेन्चर कम्पनीले सर्वसाधारणमा ६२ करोड ५० लाख रुपैंयाको साधारण शेयर ‘आइपिओ’ निष्काशन गर्ने भएको छ । त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता, साहस उर्जा कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता, पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि करिब ३१ करोड रपैयाँ बराबरको ३१ लाख कित्ता शेयर जारी गर्ने भएको छन् । यी कम्पनीहरु आइपिओ निष्कासनको अनुमति माग्दै चाडैं नियामक निकाय धितोपत्र बोर्ड जान लागेका हुन्। पिपुल्स पावर कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल र साहस उर्जा कम्पनीले नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आइपिओ निष्कासन गर्नेछन ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]