November 27th, 2020

सर्वसाधाणलाई ‘आइपिओ’मा लगानी गर्ने अवसर, इन्स्योरेन्सको ६० लाख कित्ता सेयर निष्कासन हुँदै

 

बैंकिङ खबर । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले साधारण सेयर ‘आइपिओ’ निष्कासनको लागि नियनमक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले मंसिर ११ गते आइपिओ निष्कासनको लागि बोर्डबाट अनुमति पाएको हो । बोर्डले कम्पनीलाई ६० लाख

कित्ता सेयर आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो। अब कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। नेपालको पहिलो क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभु लाइफको यो आईपीओलाई औसतभन्दा तल आधारहरु जनाउने आइपीओ ग्रेड ४ प्रदान गरेको छ । सिद्धार्थ क्यापिटलका अनुसार चाडैं नै आव्हन पत्र जारी गरी साधारण सेयर बिक्री गर्ने तयारी भइरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]