Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लगानीको अवसर ! यी दुई उर्जा कम्पनीकोे आइपिओ आउँदै

२०७७ मंसिर १२ गते

बैंकिङ खबर । दुई उर्जा कम्पनीले साधारण सेयर ‘आइपिओ’ निष्कासन गर्ने भएका छन् । साहस उर्जा कम्पनी र पिपुल्स पावर कम्पनीले आइपिओ निष्कासन गर्ने भएका हुन् । पिपुल्स पावर कम्पनीले मंसिर ११ गते बिहीबार र साहस उर्जा कम्पनीले शुक्रबार आइपिओ निष्कासनको लागि बिक्री प्रबन्धक नियुक्त गरेको हुन् । पिपुल्स पावर कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल र साहस उर्जा कम्पनीले नागरिक लगानी कोषलाई नियुक्त गरेको छ । साहस उर्जा कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण शेयर आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्नेछ । यस कम्पनीले सोलु खोला (दूधकोशी) जलविद्युत परियोजना निर्माण गरिरहेको छ । त्यस्तै, पिपुल्स पावर कम्पनी लिमिटेडले सर्वसाधारणको लागि साधारण सेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । पिपुल्स पावर कम्पनीले इलामको इलाम नगरपालिकामा अवस्थित पुवा खोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

Ad