
बैंकिङ खबर । अरुण कावेली पावरको बोनस पश्चात नेपाल स्टक एक्सचेञ्जमा शेयरमूल्य ससमायोजन भएको छ। कम्पनीले लाभांश वितरणको लागि बुकक्लोज गरेसँगै नेपाल स्टक एक्सचेञ्जले कम्पनीको शेयरमूल्य सायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको हो।नेप्सेले कम्पनीको ५.७१ प्रतिशत बोनसमा मुल्य समायोजन गरी प्रतिकित्ता २५४ रुपैयाँ कायम गरेको छ। यहि मुल्यलाई आधार मानेर आइतबार कम्पनीको शेयर कारोबार खुल्नेछ। विहीबार कम्पनीको शेयर प्रतिकित्ता २६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। कम्पनीले ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश पारित गर्न कम्पनीले मंसिर २२ गते साधारणसभा आह्वान गरेको छ।