रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक शेयर जारी गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको हो । जसमध्ये, स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता शेयर छुट्याइएको छ । शेयर निष्काशन तथा विक्रि प्रबन्धककका कम्पनीले एस क्यापिटल लिमिटेडसँग शेयर सम्झौता गरेको छ ।
रैराङ हाइड्रो अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सहायक कम्पनी हो । यो कम्पनीले ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना निमार्ण गर्देछ । २०७३ को अन्त्यसम्ममा यो आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य कम्पनीको छ ।