Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आइतबारदेखि बन्द भयो एस डेभलपमेन्ट बैंकको शेयर कारोबार, हाम्रोको फुकुवा

२०७३ श्रावण २३ गते
सेयर:

share marketआइतबारदेखि एस डेभलपमेन्ट बैंकको सेयर कारोबार बन्द भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले खरीद गर्ने भएपछि सेयर कारोबार बन्द भएको हो । इन्भेष्टमेन्टले एसलाई ४२ रुपैयाँमा खरीद गर्न लागेको हो । गत आर्थिक वर्षमा एसले सवा २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
 
यता लामो समयदेखि बन्द रहेको हाम्रो विकास बैंकको शेयर कारोबार भने आइतबारदेखि नै खुलेको छ । ज्योती विकास बैंकसँगको मर्जर प्रक्रिया औपचारिक रुपमै तोडिएपछि हाम्रो विकासको कारोवार फुकुवा भएको हो ।