
बैंकिङ खबर । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १८ दशमलव ४३ अंकले उकालो लागेको छ । बिहीबार नेप्से परिसूचक १८ दशमलव ४३अंक बढेर १८९३.२४ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २.८५ अंकले बढेर ३६५.१८ मा पुगेको छ । सोमबार कूल २०१ वटा कम्पनीको एक करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँको कारोबार गरेको छ । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये ७ समूहको परिसूचक घटेको छ भने बाँकी ५ समूहको परिसूचक बढेको छ ।

