November 26th, 2020

दोस्रो बजारमा करिब साढे तीन लाख सक्रिय लगानीकर्ता, अनलाइन कारोबार गर्ने कति ?

बैंकिङ खबर । नेपाल स्टक एक्सचेञ्जले सक्रिय लगानीकर्ता करिब साढे तीन लाख नाघेको जनाएको छ। नेप्सेको पछिल्लो तथ्यांक अनुसार सक्रिय लगानीकर्ताहरुको संख्या ३ लाख ३८ हजार बढि पुगेको हो। त्यसमध्ये अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताहरु एक लाख ७५ हजार रहेको नेप्सले जनाएको छ। सबैभन्दा धेरै सक्रिय लगानीकर्ता ब्रोकर नम्बर १ अर्थात दिपशिखा धितोपत्र कारोबार कम्पनीसंग रहेको छ। दिपशिखामा १९ हजार ९६४ जना सक्रिय लगानीकर्ता रहेको नेप्सेले जनाएको छ। यस्तै, नासा सेक्युरिटिजमा पनि १६ हजार ७०, सनी सेक्युरीटिज १६ हजार २१, इमपेरियल सेक्युरिटिज १४ हजार ८ सय ७४ जना सक्रिय लगानीकर्ताहरु छन्। अनलाईन सेक्युरिटिजमा १२ हजार ५ सय ४०, सुमेरु १२ हजार ४७०, र आर्यतारा ११ हजार र मिडास १२ हनार ३ सय ६७, भिजन करिब १२ हजार लगानीकर्ताहरु छन् भने बाँकी ब्रोकर कार्यालयहरुमा २ हजार देखि १० हजारको हाराहारीमा सक्रिय लगानीकर्ताहरु छन्। सबैभन्दा कम अरुण सेक्युरिटिजमा २ हजार ८०३ जना, सगरमाथा सेक्युरिटिजमा ३२ सय १ जना, सेवा सेक्युरिटिजमा ३३ सय लगानीकर्ताहरु रहेको नेप्सेले जनाएको छ।

अनलाईन कारोबार गर्ने क्लाइन्ट कुन ब्रोकर कार्यालयसंग धेरै

अनलाईनबाट कारोबार गर्ने लगानीकर्ताहरु नासा सेक्युरिटिजमा सबैभन्दा धेरै छन्। नासामा १७ हजार ७ सय १६ जना अनलाईन क्लाइन्ट छन्। यस्तै सनी सेक्युरिटिजमा पनि १५ हजार ९ सय २४ जना अनलाइन क्लाइन्ट छन्। सबैभन्दा कम अनलाईन क्लाइन्ट अरुण सेक्युरिटिजमा छन्। अरुणमा ३०५ जना मात्रै अनलाईन क्लाइन्ट छन् ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]