November 25th, 2020

उन्नति सहकार्य लघुवित्तद्धारा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले बीमा रकम हस्तान्तरण गरेको छ । बुधबार वित्तीय संस्थाले पिडित परिवारलाई बीमा रकम हस्तान्तरण गरेको हो । संस्थाको देवदह ०६ स्थित उन्नति केउली महिला समूहकी सदस्य गौमती पुनकोे निधन भएपछि सदस्यले पाउने बिमा वापतको रकम आज एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको लघुवित्त वित्तीय संस्थाले जनाएको छ । सो रकम मृतकको छोरी पिडित कल्पना घर्ति मगरलाई बीमा वापतको १ लाख ३० हजार भलुही शाखा प्रमुख अनिल शाहीले हस्तान्तरण गरेका हुन् ।संस्थाका अनुसार समूहका सदस्यले कर्जा लिए वापत बैंकको बीमा नियम अनुसार सदस्यको कालगतिमा मृत्यु भएमा १ सय ३० प्रतिशत र दुर्घटनामा मृत्यु भए २ सय प्रतिशत साथै सदस्यको श्रीमान्को मृत्यु भएमा १ सय प्रतिशत क्षतिपूर्ति बापतको रकम दिने व्यवस्था गरिएको शाखाका कर्मचारी शारदा थापाले जानकारी दिइन् ।

 

 

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]