Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१८७४.८८ विन्दुमा नेप्से, करिब ५ अर्बभन्दा बढीको शेयर कारोबार

२०७७ मंसिर १० गते

बैंकिङ खबर । साताको चौथो दिन कारोबार नेप्से परिसूचक ६४ दशमलव ७७ अंकले उकालो लागेको छ । बुधबार नेप्से परिसूचक ६४ दशमलव ७७ अंक बढेर १८७४.८८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक १२.९६ अंकले बढेर ३६२.३४ मा पुगेको छ । सोमबार कूल १९६ वटा कम्पनीको एक करोड ४३ लाख २९ हजार ६ सय २५ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ९७ करोड १४ लाख ७७ हजार २७८ रुपैयाँको कारोबार गरेको छ । मंगलबार नेप्सेमा १९६ वटा कम्पनीको एक करोड १७ लाख ४८ हजार ५२० कित्ता शेयर खरिदबिक्री हुँदा ५ अर्ब ४४करोड २९ लाख ५० हजार १ सय ८९ रुपैयाँको कारोबार गरेको थियो । आज कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स समूहको परिसूचक १ दशमलव ०२ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो । जसमध्ये टे«डिङ समूहको परिसूचक सबैभन्दा बढी ७ दशमलव ९३ प्रतिशतले बढेको छ ।

Ad