Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सर्वसाधारणका लागि ४ लाख कित्ता, समृद्धि फाइनान्सको अवितरित हकप्रद सेयर आजबाट बिक्रीमा

२०७७ मंसिर १० गते

 

बैंकिङ खबर । समृद्धि फाइनान्स लिमिटेडले सर्वसाधारणको लागि ४ लाख ६६ हजार ८९ कित्ता शेयर बिक्री गर्ने भएको छ । फाइनान्स कम्पनीले (आज) बुधबारबाट सो सेयर बिक्री गर्ने लागेको हो । कम्पनीको १८ लाख ५१ हजार ३५७ कित्ता अवितरित हकप्रद शेयर आज (मंसिर १० गते बुधबार) बाट शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने कम्पनीले जनाएको छ । फाइनान्सले असोज १६ गते शुक्रबारबाट कात्तिक ६ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको संस्थापक समूहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो । उक्त शेयरमा लगानीकर्ताले मंसिर १० गते, आज बुधबारबाट मंसिर १७ गते बुधबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । त्यसैले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्युनतम १०० कित्तादेखि अधिकतममा कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 

Ad