बैंकिङ खबर । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर नेप्सेमा सूचिकृत गरेको छ । लघुवित्त वित्तीय संस्थाले मंगलबार नेप्सेमा ११ लाख ४१ हजार १ सय ४० कित्ता सेयर नेप्सेमा सूचिकृत गरेको हो । संस्थाको आठौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो । सोही अनुरुप संस्थाले सो हकप्रद सेयर सूचिकृत गरेको हो ।



