Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लगानी गर्न इच्छुक हुनुहुन्छ ? एनआईसीको खुलामुखी डाईनामिक डेप्ट फण्ड इकाई खुल्दै !

२०७७ मंसिर ९ गते

बैंकिङ खबर । यहि मंसिर १२ गतेबाट एनआईसी एसिया म्युचुअल फण्ड अन्तरर्गतको डाईनामिक डेप्ट फण्डले पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। फण्डले ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाई निष्काशन गर्न लागेको हो ।क्यापिटलले कोषको आकार ५० करोडको भए पनि प्रारम्भिक आकार २० करोड कायम गरिएको र प्रति इकाई मूल्य १० रुपैयाँको दरले २ करोड इकाई निष्काशन गर्न लागेको हो । यद्यपि क्यापिटलले ५ करोड इकाईसम्मको आकार साकारिने जनाएको छ ।यस इकाईमा छिटोमा मङ्सिर १६ गतेसम्म र त्यस समयसम्म पर्याप्त आवेदन नपरेमा मङ्सिर २६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिँदा प्रति इकाई १० रुपैयाँको दरले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मको लागि आवेदन दिन सकिने छ ।यस योजनाले बैंक तथा वित्तीय संस्थामा निक्षेप निक्षेपमा १५ प्रतिशत, बण्ड डिबेन्चर, मुद्रा बजार उपकरण माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा ६५ प्रतिशत र प्रतामिक तथा दोस्रो बजारमा २० प्रतिशत लगानी गर्ने जनाएको छ ।खुलामुखी योजना भएकोले यसको इकाईको कारोबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हुदैन । तर योजना ब्यबस्थापक र कोष प्रबद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरुलाई वितरकको रुपमा तोकी खरिद बिक्री हुने ब्यबस्था मिलाइने क्यापिटलले जनाएको छ ।योजनाले नेपाल धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र, नेपाल सरकारलेजारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेकोकुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरु, बैंक तथा वित्तीय संस्थामा निक्षेप, मुद्रा बजार उपकरण र बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्ने जनाएको छ।

Ad