November 23rd, 2020

सोमबार २ दशमलव ३८ अंकले घट्यो नेप्से, नेपाल बैंक लगानीकर्ताको रोजाइमा

बैंकिङ खबर । साताको दोश्रो दिन आज (सोमबार) शेयर बजारले ओरालो यात्रा तय गरेको छ । नेपाल स्टक एक्स्चेजका अनुसार आज शेयर बजारमा सामान्य गिरावट आएको हो । आज नेप्से परिसूचक २.३८ अंकले घटेर एक हजार ७८०.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.१२ अंकले घटेर ३४४. ९५ मा पुगेको छ । कूल १९९ वटा कम्पनीको एक करोड २० लाख २१ हजार ३ सय ४७ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७६ करोड २७ लाख ४ हजार ६ सय ११ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ४ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ ।त्यसैगरी कारोबार रकमको आधारमा नेपाल बैंक लिमिटेडले सर्वाधिक कारोबार गरेको छ । बैंकले ३० करोड २२ लाख ७ हजार बराबरको कारोबार गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]