November 23rd, 2020

युनाइटेड इदी–मर्दीको आईपीओमा कतिले दिए आवेदन ?

बैंकिङ खबर । युनाइटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावर लिमिटेडको आईपीओमा मागभन्दा बढी आवेदन परेको छ । कम्पनीले मंसिर ३ गतेदेखि ७ गतेसम्म सार्वजनिक निष्कासन मार्फत सर्वसाधारणका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर विक्री खुला गरेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंसिर ७ गते बैंकिङ समयसम्म ५ लाख ५७ हजार २८९ आवेदकहरुबाट १ करोड ६९ हजार कित्ताको लागि आवेदन परेको छ । कुल कित्तामध्ये कम्पनीले ४३ हजार ६९६ कित्ता सामुहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ भने १७ हजार ४७८ कित्ता कम्पनीको कर्मचारीहरुका लागि छुट्याएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]