November 23rd, 2020

आन्तरिक राजश्व कार्यालयबाट पाँचौं पटक वोमी लघुवित्तलाई सम्मान

बैंकिङ खबर । नवौं राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व कार्यालयले वोमी लघुवित्तलाई सम्मान गरेको छ । धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेको भन्दै लघुवित्तलाई राजश्व कार्यालयले पाँचौ पटक सम्मान गरेको हो । आइतबार लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्यलाई आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृतले सम्मान पत्र हस्तान्तरण गरेका हुन् । उक्त सम्मान पत्र आर्थिक वर्ष २०७५/७६ को लागि कदर स्वरुप प्रदान गरिएको व्यहोरा सम्मान पत्रमा उल्लेख गरिएको छ । संस्थाले गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण चार पटक सम्मानित भइसकेको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]