November 23rd, 2020

‘आइपिओ’ निष्कासनको अनुमति पाएको चन्द्रागिरी हिल्सले कहिलेदेखि गर्दैछ सेयर बिक्री ?

बैंकिङ खबर । चन्द्रागिरी हिल्स कम्पनीले धितोपत्र बोर्डबाट साधारण सेयर ‘आइपिओ’ निष्कासनको अनुमति पाएको छ । कम्पनीले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको हो । यतिबेला आइपिओ निष्कासनको अनुमति पाइसकेको चन्द्रागिरी हिल्स कम्पनीले कहिलेबाट साधारण सेयर बिक्री गर्छ भन्ने प्रश्न आम जनमानसमा उब्जाएको छ । कुनै पनि कम्पनीले आइपिओ निष्कासन अनुमति पाइसकेपछाडि आवहन पत्र जारी गरी २ महिना भित्र बिक्री गरीसक्नु पर्ने हुन्छ । कम्पनीले आइपिओ बिक्रि प्रबन्धक रुपमा ग्लोबल आईएमई क्यापिटल नियुक्त गरेको छ । क्यापिटलका अनुसार चन्द्रागिरी हिल्स कम्पनीको आइपओ कुन दिनबाट बिक्री  गर्ने भन्ने टुङ्गो लगिसकेको छैन् तर, निष्कासन मिति तय गर्ने तयारी भइरहेको छ । चाडै नै आइपिओ बिक्रि गर्ने समय निश्चित गरेर सूचना प्रकासन गर्ने क्यापिटलले जनाएको छ । कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]