Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लगानीकर्ताको नजरमा धितोपत्र बोर्ड : ‘२० वर्षे जवानीमा पनि कुपोषित बालकजस्तो’

२०७३ श्रावण २३ गते
सेयर:

dhitopatraपूँजी बजारलाई स्वच्छ र स्वस्थ बनाउने उद्देश्यसहित हालै गठित शेयर लगानीकर्ता संघले अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर पछिल्ला दिनमा शेयरको भाउ घट्दा आफुहरु मर्कामा परेको भन्दै गुनासो पोखेको छ । अर्धस्वचालित अवस्थामा नेपालको पूँजीबजार अघि बढिरहेको अवस्थाले लगानीकर्ताका लागि थप अवसर श्रृजना भएको भन्दै पूर्ण स्वचालित बजारको परिकल्पना पनि संघले गरेको छ । संघले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘पूँजी बजारको नियमन गर्ने निकायको स्थापना भएको पनि दुई दशक नाघिसकेको छ । नेपाल र भारतमा यस्ता नियमक सँगसँगै जन्मिएका हुन् तर विकासका दृष्टिले भारतको नियमक अब्बल सावित भयो तर हाम्रो नियमक भने २० वर्षे जवान उमेरमा पनि कुपोषण लागेको सुस्त मनस्थितिको बालक जस्तो चाहिने भन्दा नचाहिने कुरा बोलेर आफ्नो उपस्थिति मात्रै देखाएको देखिन्छ ।’

नियामक निकायकै कारण गत सातादेखि शेयर बजारमा सुस्तता आइरहेको दाबी संघले गरेको छ । संघले भनेको छ, ‘पूँजी बजारको नियमक नेपाल धितोपत्र वोर्डले बजार र कम्पनीको नियमन गर्नुपर्नेमा त्यसो नगरी कालोधन लगानी भयो, यो बेला वा त्यो बेला किन वा बेच, कम्पनीको प्रतिशेयर आम्दानी बढे्न, साना र ठुला लगानीकर्ता भन्दै वक्तव्यबाजी गर्नु नियमन निकायको कार्यक्षेत्र भित्र पर्ने विषय वस्तु होइन । धितोपत्र वोर्डका यस्ता अवाञ्छित, वेमौसमी र कार्यक्षेत्र भन्दा वाहिरका व्यवहारले समस्त लागनीकर्ता पिडित भएका छन् ।’

उत्तम अर्यालको अध्यक्षतामा गठित ११ सदस्यीय कार्यसमितिले अर्थ मन्त्री महरालाई बुझाएको ज्ञापनपत्रमा नियमकको गैरजिम्मेवारीपनाका कारण लगानीकर्ता पिडित बनेको उल्लेख छ । जवाफमा अर्थमन्त्रीले अहिलेको राजनैतिक परिवर्तनको कारणले शेयर बजार घटेको नभई केही समुहहरुले चलखेल गरि घटाईएको कुरा आफुलाई जानकारी भएको प्रतिकृया दिएको संघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । समितिमा ताराप्रसाद फल्लेल उपाध्यक्ष, नवराज सुवेदी महासचिव, कोषाध्यक्षमा मोहनबहादुर बस्नेत, सदस्यमा अमर डङ्गोललगायत ११ जनाको तदर्थ समिति गठन भएको छ ।