Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्से सामान्य अंकले बढ्दा ६ अर्ब ८७ करोडको कारोबार !

२०७७ मंसिर ७ गते

बैंकिङ खबर । साताको पहिलो कारोबार दिन सेयर बजार सामान्य उकालो लागेको छ । आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६९ अंकले उकालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक ४.६९ अंकले बढेर एक हजार ७८२.८२ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक २ अंकले बढेर ३४५.०७ मा पुगेको छ । आइतबार नेप्सेमा २०१ वटा कम्पनीको एक करोड ५९ लाख ६५ हजार ५२६ कित्ता शेयर खरिदबिक्री हुँदा ६ अर्ब ८७ करोड ८७ लाख ८७ हजार ६ सय ६५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । त्यसैगरी, स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार ३ वटा उपसमूहको शेयर बढेको छ भने बाकीँ ९ समुहको सेयर घटेको छ ।

Ad