‘आइपिओ’ भर्ने हो ? चन्द्रागिरी हिल्सको १८ करोड रुपियाँको साधारण सेयर आउँदैछ !

बैंकिङ खबर । यो वर्ष आइपिओ जारी गर्ने होडबाजी नै चलेको छ । नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाइसकेका केही कम्पनीहरूले आइपिओ जारी गरीसकेका छन् भने केही कम्पनी जारी गर्ने तयारीमा छन् । हालैमात्र माउन्टेन इनर्जी र युनाइटेड इदि मार्दी हाइड्रोले आइपिओ जारी गरेका छन् भने अब छठ लगत्तै चन्द्रागिरी हिल्स कम्पनीको आइपिओ निष्कासन हुने भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडले धितोपत्र बोर्डबाट साढे १८ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर ‘आईपीओ’ जारी गर्न अनुमति पाएको छ । कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता शेयर निष्काशन गर्न बोर्डले कार्तिक २८ गते अनुमति दिएको हो । कम्पनीले स्थानीय र सर्बसाधारणको लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा जारी पूँजीको १२ प्रतिशत बराबरको शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले आईपिओ निष्काशनको अनुमति माग गर्दै जेठ २५ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

 


सोसिअल मेडिया