November 21st, 2020

बोर्डबाट आइपिओ तथा ऋणपत्र निष्कासनको अनुमति पाएका यी हुन् तीन कम्पनी ?

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले तत्काल तीन कम्पनीलाई स्वीकृती दिएको छ । बोर्डले दुई वाणिज्य बैंकहरुलाई ५ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र र एक कम्पनीलाई १८ करोड ४० लाख ९१ हजार बराबरको आइपिओ निष्कासनको लागि अनुमति दिएको हो ।बैंक अफ काठमाण्डू र सानिमा बैंकले ५ अर्व ६० करोड रुपिँया बराबरको ५६ लाख कित्ता ऋणपत्र र चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपिओ निष्कासनको लागि अनुमति पाएका हुन्। बैंक अफ काठमाण्डूंले निष्कासन गर्न लागेको १६ लाख इकाइमध्ये ६ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि र ९ लाख ६० हजार इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। त्यस्तै, सानिमा बैंकले ४० लाख इकाइमध्ये १६ लाख इकाइ सर्वसाधारणका लागि र २४ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।सानिमा बैंकको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन्। बैंकको ऋणपत्रको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड छ । त्यस्तै, बैंक अफ काठमान्डूको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]