लघुवित्तको संस्थापक शेयर लिलामीमा बिक्री, प्रतिकित्ता मूल्य कति ?

बैंकिङ खबर । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा बिक्री खुल्ला भएको छ । कम्पनीले ३ लाख ७५ हजार ३०७ दशमलव ५७ कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्न लागेको हे । कम्पनीको न्यूनतम मूल्य प्रतिकित्ता रू ९५३ दशमलव ३६ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिनु पर्नेछ । इच्छुक आवेदकले पुस ८ गतेसम्म यस शेयरमा आवेदन गर्न पाउनेछन् । शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन गर्न पाउनेछन् भने अधिकतम शेयर संख्याका लागि कुनै हद लाग्ने छैन । आवेदन बुझाउने स्थान एनआइबिएल एस क्यापिटल लाजिम्पाट रहेको छ ।


सोसिअल मेडिया