November 19th, 2020

बैंकको अहिलेसम्मको सबैभन्दा ठूलो ‘आइपिओ’ सर्वसाधारणको लागि आउँदै

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मको ठूलो प्राथमिक सेयर ‘आइपिओ’ निष्कासन गर्ने भएको छ । बैंकले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने लागेको हो । बैंकको मंसिर ३ गते (बुधबार) सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आइपिओ निष्कासनको प्रस्ताव पारीत गरेसंगै बैंकले अहिलेसम्मको ठूलो साधारण सेयर निष्कासन गर्न लागेको हो । नेपालको एकमात्र पूर्वाधार क्षेत्रको विकासलाई लक्षित गरी स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठूलो रकम बराबरको आइपिओ आउने निश्चित भएको छ । मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालिन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका आयोजनामा लगानी गर्ने उद्देश्य लिएर स्थापना भएको यस बैंकले अहिलेसम्म ८ अर्ब ८५ करोड बराबरको कर्जा लगानी गरेको छ । सभाले आर्थिक बर्ष २०७६/७७ कोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू १२ अर्ब रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू २० अर्ब पुग्नेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]