Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

युनाईटेड इदी–मर्दी कम्पनीको ‘आइपिओ’मा पहिलो दिन कतिले दिए आवेदन ?

२०७७ मंसिर ३ गते

बैंकिङ खबर । युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावरले साधारण शेयर ‘आइपिओ’ निष्कासन गरेको पहिलो दिनमा ११ लाख कित्ताको लागि आवेदन परेको छ । हाइड्रोपावर कम्पनीको ‘आइपिओ’ निष्कासन गरेको पहिलो दिनमा ५२ हजार ८ सय ८१ जनाको आवेदन दिएका छन् ।  कम्पनीको ‘आइपिओ’ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको अनुसार पहिलो दिन ११ लाख ३८ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ लाख ७३ हजार ९ सय १० कित्ता साधारण शेयर ‘आइपिओ’ निष्कासन तथा बिक्री खुल्ला गरेको हो। जसमध्ये ४३ हजार ६९६ कित्ता शेयर सामूहिक लगानी कोषका लागि, १७ हजार ४ सय ७८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ८ लाख १२ हजार ७ सय ३६ कित्ता सर्वसाधारणहरुका लागि निष्कासन गर्न लागिएको हो ।लगानीकर्ताले उक्त आइपिओमा मंसिर ३ गतेदेखि र मंसिर ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Ad