November 17th, 2020

दुई वाणिज्य बैंकले पाए ५ अर्ब ६० करोड रुपिँयाको ऋणपत्र निष्कासनको अनुमति

 

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले दुई वाणिज्य बैंकहरुलाई ५ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनको अनुमति दिएको छ। बोर्डले बैंक अफ काठमाण्डू र सानिमा बैंकलाई ५ अर्व ६० करोड रुपिँया बराबरको ५६ लाख कित्ता ऋणपत्र निष्कासनको लागि अनुमति दिएको हो । बैंक अफ काठमाण्डू र सानिमा बैंकले १ हजार रुपिँया दरमा ५६ लाख इकाई ऋणपत्र निष्कासनको लागि बोर्डबाट अनुमति पाएका

हुन् । बैंक अफ काठमाण्डूंले निष्कासन गर्न लागेको १६ लाख इकाइमध्ये ६ लाख ४० हजार इकाइ सर्वसाधारणका लागि र ९ लाख ६० हजार इकाइ व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। त्यस्तै, सानिमा बैंकले ४० लाख इकाइमध्ये १६ लाख इकाइ सर्वसाधारणका लागि र २४ लाख इकाई व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

सानिमा बैंकको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन्।  बैंकको ऋणपत्रको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटल लिमिटेड छ । त्यस्तै, बैंक अफ काठमान्डूको दसवर्षे डिबेन्चेर २०८६ अन्तर्गत इकाइधनीहरुले वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन् । बैंकको ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]