
बैंकिङ खबर । यतिबेला तिहारको रमझम, झिलिमिली संगै घरघरमा खुसियाली छाएको छ । हर्षाे उल्लास साथ टोल छिमेका देउसी भैलोले सबैको मन फुरुङ बनाएको छ । पारीवारीक जमघटले घरघरमा खुसियाली साटासाट भईरहेका छन् । चाड पर्व भन्ने वित्तिकै मिठो खाने र राम्रो लगाउने मात्र नभई देखासेखिमा क्षमता भन्दा बढि खर्च गर्नेको समेत कमि छैन् । के तपाईले यो दशैं तिहारमा फजुल खर्च गर्ने योजना बनाउनु भएको छ ? यदि हो भने त्यसो नगर्नुहोस। तपाईले अहिले जोगाएको केहि रुपैयाँ भविष्यमा धेरै हजार परिणत हुन सक्छ। पैसा जति भएपनि खर्चका लागि अपुग हुन्छ त्यसैले आजको थोरै बचत र लगानीले भविष्यमा राम्रो आम्दानि हुन सक्छ। भविष्यमा आम्दानीका लागि तपाइँले बिभिन्न उपाय अपनाउन सक्नुहुन्छ। केहिले तिहारमा पारीवारी रुपमा दाउ संचालन गर्दछन् जसले सामान्य आम्दानी तथा नोक्सानी व्यर्हाेनु पर्ने हुन्नसक्छ । तर, केहि मानिसले तिहारको समयमा ठुला दाउ संचालन गर्ने गर्दछन् जसले गर्दा धेरै नै जोखिम वहन गर्नुपर्ने हुन्छ । जसका कारण कयौंको रोडबास हुने गरेको छ । यदि तपाई फजुल खर्चको केहि रकम खर्च कम गरी जोखिम उठाउन चाहानु हुन्छ भने सेयरमा लगानी गर्नुहोस । जसले अहिले खर्च जोगाएर सेयरमा गरिएको लगानीले बर्ष दुई बर्षमा नै राम्रो प्रतिफल दिन्छ। त्यसैले तिहारमा फजुल खर्च घटाएर सेयरमा लगानी गर्नु बुद्दिमानी हुन्छ। प्राथमिक बजारमा बिभिन्न कम्पनीका सेयरहरु सय रुपैयाँमा नै आउने गर्छन। दोस्रो बजार भन्दा प्राथमिक बजारमा गरिएको लगानी तुलनात्मक रुपमा कम जोखिम हुन्छ भने प्रतिफलको पनि लगभग सुनिश्चितता नै हुनेगर्छ।

तिहार लगतै केहि कम्पनीले करोडौंको साधारण सेयर सर्वसाधारणमा जारि गर्दैछन। तपाइले तिहारमा जोगाएको केहि सय वा हजार रुपैयाँ यी कम्पनीका साधारण सेयरमा ‘आइपीओ’ लगानी गर्न सक्नुहुन्छ। हाल विभिन्न १६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपिओ निष्काशनको लागि अनुमति माग गर्दै आवेदन दिएका छन्। यी १६ कम्पनीले कुल ४ अर्ब बढि रुपैयाँको आईपिओ निष्काशन गर्ने छ । त्यस्तै, ग्रीन भेन्चर, ज्योति लाइफ इन्स्योरेन्स लगायतका थुपै्रै कम्पनीहरुले तिहार लगतै आइपिओ विष्कासनको लागि बोर्डमा आवेदन दिने भएका छन् ।
