November 15th, 2020

नेपाल फाइनान्सको १६ लाख हकप्रद सेयर मंसिर ४ गतेदेखि बिक्रीमा

बैंकिङ खबर । नेपाल फाइनान्स कम्पनी लिमिटेडले मंसिर ४ गतेदेखि १६ लाख हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो। हाल कम्पनीले चुक्ता पुँजी १३ करोड ५८ लाख ५०० रुपैयाँको १२५ प्रतिशत बराबरको हकप्रद निष्कासन गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित दरका १६ करोड ९७ लाख ५० हजार ६२५ रुपैयाँ बराबरको १६ लाख ९७ हजार ५०६.२५ कित्ता हकप्रद जारी गर्नेछ। हकप्रद बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा अन्य शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसैगरी नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै ‘मेरो सेयर’ मार्फत आवेदन दिन सकिनेछ । हकप्रदमा मंसिर २४ गतेसम्म आवेदन दिन पाइनेछ।

हकप्रद निष्कासनका लागि कम्पनीले गत कात्तिक ६ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ। यसको मतलब कात्तिक ५ गतेसम्म कायम कम्पनीका सेयरधनीहरुले मात्र हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख ५१ हजार १२५ रुपैयाँ पुग्नेछ। यो हकप्रदलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी आईआर सी वान’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको संकेत गर्दछ।

 

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]