Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

‘फाइन्ली’ ४ दिनपछि आउँदैछ हाइड्रोपावर कम्पनीको सर्वसाधारणको लागि साधारण सेयर

२०७७ कार्तिक २९ गते

बैंकिङ खबर । मंसिर पहिलो साता युनाईटेड इदि– मर्दी एण्ड आरबि हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि साधारण सयेर ‘आइपिओ’ निष्कासन गर्दैछ । यस अघि नै कम्पनीकले कार्तिक २७ गतेदेखि ‘आइपिओ’ निष्कासन गर्ने डेटलाइन तय गरेको थियो । तर, नियामक निकाय धितोपत्र बोर्डले आइपिओ निष्कासनको मिति परिवर्तनको लागि पत्र पठाँएपछि कम्पनीले मंसिर ३ गते निष्कासन मिति तय गरेको हो । कम्पनीको सयेर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दुई वटा हाइड्रोपावर कम्पनीको सेयर एकैसाथ निष्कासन हुँदा भिडभाड बढन सक्ने भएकाले अहिलेको असहज परिस्थितिलाई मध्यनजर गर्दै आइपिओ निष्कासनको समय परिवर्तन गरिएको हो । ग्लोबल आईएमई क्यापिटलका अनुसार आइपिओ निष्कासनको लागि मंसिर ३ गते फाइन्ली मिति तय भइसकेको छ । यससँगै अब कम्पनीको आईपीओ मंसिर ३ गते बुधबारदेखि ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन खुला हुनेछ । जसमध्ये सामूहिक लगानी कोष्का लागि ४३ हजार ६९६ कित्ता र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता छुट्टाइएको छ भने ८ लाख १२ हजार ७३६ कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाहरुकाको लागि ४ लाख २० हजार कित्ता आईपीओ बिक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा शेयर बिक्रीमा ल्याउन लागेको हो । आइपीओमा सर्वसाधारणले न्युनतम १० कित्तादेखि १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका साथै मेरो शेयरबाट मंसिर ७ गते आइतबारसम्म आवेदन दिन सकिन्छ । सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्राप्त गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

Ad