Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

साताको सेयर बजार: २० अर्ब २४ करोड बढीको कारोबार

२०७७ कार्तिक २८ गते

बैंकिङ खबर ।  यो साता सेयर बजारमा २० अर्ब २४ करोड ८७ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको छ । यो साता कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको हो । साताको पहिलो काराबार दिन आइतवारदेखि निरन्तर बढेर बिहीवार १ हजार ७१८ दशमलव ४९ अंकमा शेयर बजार बन्द भएको छ । यो साता बजार ८२ दशमलव ३२ अंक माथि उकालो लागेको हो ।  गत साताको अन्तिम कारोबार दिन बिहीवार १

 

हजार ६३६ दशमलव १७ विन्दुमा बन्द भएको बजार त्यसपछि निरन्तर बढेको हो । साताको कारोबारमा दोस्रो दिन ४ दशमलव २२ अंकले बजार बढेको छ भने बाँकी दिन दोहोरो अंकले बढेको छ । पहिलो दिन १२ दशमलव ४९ अंक, तेस्रो दिन २५ दशमलव ९८ अंक, चौथो दिन २८ दशमलव ८९ अंक र पाँचौ तथा अन्तिम कारोबार दिन १० दशमलव ८२ अंकले बजार बढेको हो । साताको पहिलो कारोबार दिन  ३ अर्ब ५२ करोडभन्दा बढीको र दोस्रो दिन ३ अर्ब ६९ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो भने तेस्रो र चौथो दिन  ४ अर्ब ९ करोडभन्दा बढी र पाँचौ दिन  ४ अर्ब ८२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । गत साताभन्दा यो साता कारोबार रकम  ८ अर्ब २ करोड ५९ लाख ५१ हजार बढी भएको हो ।यो साता गत साताभन्दा १ करोड ६८ लाख ९२ हजार ४६५ कित्ता बढी शेयर कारोबार भएको छ । गत साता ४ करोड ७६ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएकोमा यो साता ५ करोड ६९ लाख ६९ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको हो । यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १४ दशमलव ५३ अंक बढेको छ । गत साताको अन्तिम कारोबार दिन ३२६ दशमलव ३८ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम दिन ३३८ दशमलव ८९ विन्दुमा पुगेको हो ।

 

 

Ad