November 13th, 2020

एनआइसी एसिया लघुबित्तद्धारा कर्जा बीमा रकम हस्तान्तरण

बैंकिङ खबर । एनआइसी एसिया लघुबित्त बित्तीय सस्थाले कर्जा बीमा रकम हस्तारन्तरण गरेको छ । लघुवित्त संस्थाको शाखा कार्यालय सर्दि नवलपरासीबाट लघुउद्यमी कर्जा बीमा बापतको रकम हस्तान्तरण गरिएको हो । संस्थाको नवलपरासी शाखाबाट व्यवसाय संचालनको लागि डोलराज अर्यालले दश लाख कर्जा लिएका थिय । कर्जा लिएको केहि समयमै अर्यालको निधन भयो । होटल ब्यवसायको लागि अर्यालले कर्जा लिदा कर्जा बिमा समेत गराएका थिए, सोही बीमा बापतको एघार लाखको चेक लघुबित्त  सस्थाले हस्तान्तरण गरिएको हो ।उक्त रकम हस्तान्तरणको समयमा पीडित पत्नी जमुना अर्याल पाडेले श्रीमान बितेर गए पनि एनआइसि एसिया लघुवित्त संस्था अब आफ्नै परिवार भएको अनुभुति भैरैहेको बताइन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]