निर्धन उत्थानद्वारा ग्रामिण कर्जा विमा र ‘कोभिड १९’ प्रभावितहरुलाई नगद राहात वितरण


बैंकिङ खबर । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ‘कोभिड–१९’ बाट अति प्रभावित ग्राहकलाई राहात रकम वितरण गरेको छ । लघुवित्त वित्तीय संस्थाले बर्दिया जिल्लाको शाखा कार्यालयमा आवद्ध विभिन्न समुहका ‘कोभिड १९’ बाट अति प्रभावित ३८ जना ग्राहक सदस्यहरुलाई राहात वितरण गरेको हो । लघुवित्त संस्थाले वढैयाताल गाउंपालिकका अध्यक्ष लाल बहादुर श्रेष्ठको प्रमुख अथिति एक कार्यक्रम गर्दै प्रभावित सदस्यलाई जनहि दश हजारको दरले ३ लाख ८० हजार नगद राहात वितरण गरेको हो । त्यस्तै, वर्दियाको वढैयाताल गाउंपालिका वाड नं. ०२ सितापुर समुहमा आवद्ध मृतक सदस्य मञ्जु हमालको ग्रामिण विमा क्षतिपुर्ति वापतको रकम रु. ३ लाख ९० हजार समेत वितरण गरेको छ ।गाउंपालिकका अध्यक्ष श्रेष्ठले लघुवित्त संस्थाले पिछडिएका विपन्न वर्गहरुलाई व्यावसायी वनाउन आवश्यक पूंजी सर्व सुलभ व्याजदरमा उपलव्ध गराइ रहेकोमा खुशी व्यक्त गरे । उनले संस्थाबाट लिएको कर्जा सही तरिकाले परिचालन गर्न आग्रह समेत गरे । संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई कर्जा प्रवाह गरी ग्रामिण क्षेत्रको आर्थिक विकासमा टेवा पुर्याउन मद्दत गरेको छ । हाल बांके जिल्लाको नेपालगञ्ज १०, मा अवस्थित परस्पुर शाखाले खजुरा, जानकी गाउंपालिका र वर्दियाको वढैयाताल गाउंपालिकाका १५० वटा टोलहरुमा सेवा विस्तार गरी ३५ सय घरपरीवारलाई वित्तीय सेवा दिर्दै आइरहेको छ । हालसम्म निर्धन उत्थानले कोरोना प्रभावित ७ हजार जना सदस्यहरुलाई जनही १० हजारको दरले राहात रकम वितरण गरेको परस्पुर शाखाका प्रमुख टोप बहादुर रास्कोटी वताए ।निर्धन उत्थान ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८३ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९४ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले सेवा दिइरहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आईरहेको छ ।

 


सोसिअल मेडिया