
बैंकिङ खबर । के तपाई आइपिओमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? आइपिओ कुरीरहनु भएको छ भने भोलि बुधबार (कार्तिक २६ गते ) माउन्टेन इनर्जी नेपालको साधारण सेयर ‘आइपिओ’ निष्कासन हुदैछ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू १०० अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता साधारण शेयर ‘आइपीओ’ निष्काशन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्न लागेको उक्त सेयरको २ प्रतिशत अर्थात् ३९ हजर ३ सय ६१ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषको लागि र बाँकि १८ लाख ३० हजार २ सय ६५ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । आइपिओ भर्न इच्छुक लगानीकर्ताहरुले (कार्तिक २६ गते) भोलिदेखि मङ्सिर १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड र सीबीआईएल क्यापिटल लिमिटेडले गर्नेछन् ।