
बैंकिङ खबर । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक नेप्से २५.९८ अंकले वृद्धि भएको छ । आज मंगलबार नेप्से परिसूचक २५.९८ अंकले बढेर १ हजार ६ सय ७८.७८ अंकमा पुगेको छ । आज कारोबार गरेका १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ सेयर खरिद बिक्री हुँदा ४ अर्व ९ करोड ६१ लाख ९० हजार २५६ रुपैयाँको कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सर्वाधिक शेयर खरिद विक्री भएको छ । यो कम्पनीको २८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । मंगलबार कारोबारमा आएका १२ समूह मध्ये म्यूचुअल फण्ड, हाइड्रोपावर समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ ।

