November 10th, 2020

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्न योग्य कम्पनीलाई तिहारपछि स्वीकृति दिइने

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डमा बुक बिल्डिङ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन आवेदन दिएका ५ दर्जन संस्थागत लगानीकर्ताले तिहारपछि मात्र स्वीकृति पाउने भएका छन् । हालसम्म बुक बिल्डिङ विधिबाट प्रथामिक शेयर जारी गर्न इच्छुक करिब ६० वटा संस्थागत लगानीकर्ताको आवेदन बोर्डमा रहेको छ । हालसम्म बुक बिल्डिङ विधिबाट प्रथामिक शेयर जारी गर्न इच्छुक करिब ६० वटा संस्थागत लगानीकर्ताको आवेदन बोर्डमा रहेको छ । जस मध्ये करीव ८० प्रतिशत संस्थागत लगानीकर्ताले आवश्यक कागजात पुर्याइसकेका र बाकीँ २० प्रतिशत लगानीकर्ताले डकुमेन्टहरु पेश गर्ने प्रकृया जारी रहेकाले स्वीकृतिमा समय लागेको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । उनका अनुसार ‘बोर्ड बुक बिल्डिङ विधि मार्फत आईपिओ निष्काशन गर्न सक्षम लगानीकर्ता करिब ९० प्रतिशत पुर्याएर मात्र स्वीकृत नामावलि सार्वजनिक गर्ने बोर्डको तयारी छ।’ धितोपत्र बोर्डले बुक बिल्डिङ निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न भदौ ३ गते सूचना प्रकाशित गर्दै आग्रह गरेको थियो । उक्त समय भित्र प्राप्त करिब ६० वटा आवेदन मध्येमा ४० कम्पनीहरुको सम्पूर्ण प्रकृया पुरा भएको छ । ती कम्पनीहरूले बुक बिल्डिङ विधि मार्फत शेयर जारी गर्न सक्ने अवस्थामा रहेको बोर्डले बताएको छ । अन्य कम्पनीहरुले पनि नपुगेका कागजपत्र पेश गर्ने प्रकृयामा नै रहेको हुदाँ तिहार लगतै योग्य संस्थागत लगानीकर्तालाई स्वीकृति दिई सूची तयार गरेर सार्वजनिक गरिने बोर्डको भनाइ छ । बुक बिल्डिङ विधिमा सहभागी हुन चाहने जति धेरै संस्थागत लगानीकर्ता हुन्छन त्यति नै बजारमा खुल्ला प्रतिस्प्रधा हुने भएकाले यो बिधि लागू भए बजारको लागि राम्रो हुने बुझाई छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]